घोराही अनाथ बालबालिका सहयोगार्थ घोराहीमा बृहत सांस्कृति कार्यक्रम सुरु भएको छ । डि टेन नेपाल ईन्टरटेनमेन्ट मिडिया प्रा.लिले आयोजनामा ‘घोराही बृहत सांस्कृतिक कार्यक्रम–२०७९ को विहीवार हिजो  एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।

कार्यक्रमको पहिलो दिन हिजो नेपाली सांगितिक क्षेत्रका गायक उर्गेन डोङ, शान्तराम सेञ्चुरी लगायत कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो डोङले ‘हाम्रो यो माया कहिले नछ्टोस्, टाढा भए पनि मेरो माया डाढा छ नि, चञ्चले माया से जिस्काईना’ लगायत गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन शुक्रवार आज  नेपाली सांगितिक क्षेत्रका चर्चीत एवं लोकप्रीय गायक प्रमोद खरेलको प्रस्तुति रहने छ ।