ओमप्रकाश गुप्ता
लमही ९ साउन ।

देउखुरी क्षेत्र स्तरीय प्रकोप व्यवस्थापन समन्वय समितिको वैठक आइतवार लमहीमा सम्पन्न भएको छ । समन्वय समितिका संयोजक तथा इलाका प्रशासन कार्यालय लमहीमा शाखा अधिकृत विक्रम नेपालीको अध्यक्षतामा बसेको वैठकले देउखुरी क्षेत्र बाढी प्रकोपको उच्च जोखिममा रहेकाले प्रकोपबाट बच्न र बचाउनका लागि समितिले नेपाल रेडक्रस सोसाइटी उपशाखा, विभिन्न संघ सस्था तथा सरकारी गैरसरकारी संस्था वा गाउँ टोलमा रहेका उद्धार सामाग्रीहरु सम्बन्धित सुरक्षा निकायमा बुझाइ जिम्मा लगाउने र सुरक्षा निकाय मार्फत उद्धार कार्यमा खट्ने निर्णय गरेको छ ।Dang-Deukhuri

साथै बैठकले प्रकोप जति बेला जुन सुकै स्थानमा आउने भएकाले सम्पुर्ण सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघ सस्था, राजनितिकदल, गाविस र सञ्चारकर्मी तथा मिडिया हाउसलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ भने बैठकले समन्वय समितिमा सिसहनियाँ उद्योग वाणिज्य संघ र रेडियो साझा आवाजलाई सदस्य पदमा चयन गरेको छ ।

सो अवसरमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका खिलानाथ दाहाल, लमही नगरपालिकाका विजयदेव चौधरी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद खनाल, राप्ती उद्योग वाणिज्य संघका सचिव प्रेमबहादुर के.सी, सिमा सुरक्षा कार्यालयका राजेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख मदन के.सी, रेडियो हाइृवेका ओमप्रकाश गुप्ता, रेडियो साझा आवाजका रमेश के.सी, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराई, उपशाखा लमहीका उपसभापती सतिश गौतम, हरिचन्द्र भण्डारी, नुमराज पौडेल लगायतका वक्ताले आ आफनो धारणा राख्नु भएको थियो वैठकको सहजीकरण रेडक्रसका मन्त्री मदन गौतमले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।