धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री शाहले ४१ मत पाएका हुन् । विपक्षमा ११ मत खसेको थियो । ५३ सदस्यीय प्रदेश सभामा ५२ सदस्य उपस्थित थिए । शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्।
