काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिका रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादी अहिलेको आठ दलीय गठबन्धनमा रहेको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।