काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केही दलले आफूलाई राष्ट्रपति बनाउनेमा सकारात्मक देखिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कु्मार नेपाल राष्ट्रपति बन्ने दौडाहमा जुटेका छन् । हिजो पनि यसै विषयमा नेपाल वेस्त रहे भने आज पनि विभिन्न दलहरुसँग छलफलमा जुड्दैछन् ।
माओवादी, एकीकृत समाजवादी र जसपा नेपाललाई राष्ट्रपति बनाउनेमा सकारात्मक छन् । माओवादी, एकीकृत समाजवादी र जसपाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तयारी गरेका छन् ।
बिहीबार साँझ भएको तीन दलका शीर्ष नेताको बैठकमा नेता नेपालले राष्ट्रिय सहमति बन्ने अवस्थामा आफू तयार रहेको बताएका थिए । उनको नाममा राष्ट्रिय सहमति जुटाउन कांग्रेस र एमालेसँग पनि छलफल गर्ने तीन दलको समझदारी छ ।











