दाङ । दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर ९ का २३ वर्षका रुपक सिंह सुनार रहेका छन् ।

अस्थायी ट्राफिक प्रहरी कार्यालय टरिगाउँमा उनी सवार रा १ ख २८७२ नम्बरको हाइस चेक गर्दा ६ परियाँ (५ ग्राम) ब्राउन सुगरसहित फेला परेका हुन् । फागुन ८ गते पक्राउ परेका सुनारलाई लागुऔषध ओसारपसार एवं विक्रीवितरण अन्गर्ततको मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।