अभिषेक बोहरा / दाङ – प्रदेशस्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनीमा आज आउने कलाकारहरु गायीका अस्मीता अधिकारी, मोडल करिस्मा ढकाल, दोहोरी गायीका अस्मीता डल्लाकोटी, देबेन्द्र बस्नेत, अस्मीता पुरी गायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएका छन्।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका हुन् ।
साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा सातौ दिन गायक खेम सेञ्चुरीको प्रस्तुतिमा दर्शक छमछमी नाचे । सेञ्चुरीले प्रस्तुत गरेका रम रम मरौटी, झ्यालमा पर्दा छ जस्ता चर्चीत गीतमा उहाँहरु नाचेर कलाकार र आयोजकलाई हौशला प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कलाकार खेम सेञ्चुरीले चर्चीत गीतहरु ‘नारी जातको ईज्जत गर, सुर्ति माड्दै माड्दै गयो जोवन, रमरम मरौटी, दिलमा तिम्रै फोटो छ, झ्याप्पै माया लै लै, झ्यालमा पर्दा छ, डालीमा सुगा र मैना छ’ लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो । सातौ दिन सेञ्चुरीसँगै कलाकारहरु, खड्ग शर्मा, ऋतु कडेल, आशा बि.सी, राजेन्द्र चौधरी लगायतले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
