दाङ, ९ साउन
सल्यानको सारदा नगरपालीकामा सञ्चालीत तेस्रो साना शहरी खानेपानी आयोजनाको आधा भन्दा वढी काम पुरा भएको छ । २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउन जिल्लामै सञ्चालीत आयोजना सवै भन्दा ठुलो हो । नेपाल सरकार, उपभोक्ता र नगर विकास कोषको लगानीमा खलङ्गा सितलपाटी साना सहरी खानेपानी आयोजना सञ्चालनमा आएको हो ।30

पानीको समस्या समाधान गर्न साना सहरी खानेपानी आयोजनाको आवश्यक्ता महशुस गरी अहीले भौतीक पूर्वाधार निर्माणको काम तिव्र रुपमा भैरहेको हो । १५ करोड ३८ लाख ९४ हजार ३ सय ७० रुपैयाँ ५४ पैसाको लागतमा आयोजना सुरु भएको छ ।

उपभोक्ताको ३० प्रतिशत अन्र्तगत ५ प्रतिशत उपभोक्ताको नगद, २५ प्रतिशत नगर विकास कोषको ऋण र ७० प्रतिशत नेपाल सरकारको अनुदान सहयोगमा खानेपानी आयोजनाको काम भैरहेको निर्माण कम्पनी चन्द्रा एण्ड वसन्त कन्ट्रक्सन प्रालीका प्रोजेक्ट म्यानेजर ईञ्जिनियर तपराज पाठकले जानकारी दिनुभएको छ ।

शारदा नगरपाली वडा नं. १, २ र ३ मा १२ सय ४३ धारा वितरण गर्ने लक्ष्य अनुसार अहीले पाईप लाईन विस्तारको काम पनि चलीरहेको छ । यसैगरी अहीले सम्म एक सय घन मिटरका दुई वटा अण्डर ग्राउण्ड रिजर्व ट्यांकी, ५ घन मिटरको दुई वटा थप रिजर्व ट्यांकी, जेनेरेटर र गार्ड हाउस तिन वटा, पम्प हाउस ३ वटा कार्यालय भवन एउटा, केमीकल स्टोर एउटा, ट्यूवेल २ वटा, सार्वजनिक शौचालय एउटा निर्माण भैसकेको छ ।

३१ किलोमिटर लामो पाईप लाईन विस्तार गरिने छ । जसमा ५ किलोमिटर मुख्य पाईपलाईन रहने र वाकी २६ किलोमिटर लामो शाखा पाईप लाईन रहने छ । खालमा रहेको सितलपाटी वाट उचाईमा रहेको खलङ्गामा पानी पु¥याउन थालीएको हो ।।