दाङ, ९ साउन
दाङको एक सामुदायिक वनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । घोराही नगरपालिका १० मनकामना सामुदायिक वनमा अन्दाजी ५५÷६० वर्षका एक पुरुषको शव फेला परेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुयो ।sab

ति व्यक्ति को र कहाँका हुन भन्ने वारेमा केहि नखुलेको प्रहरीले वताएको छ । दाङमा सामुदायिक वनहरुमा व्यक्तिहरु मृत अवस्थामा भेटिने गरेका छन ।

यसअघि पनि एक जनाको शव एक सामुदायिक वनमा भेटिएको थियो । उक्त शववारे प्रहरीले अनुसन्धान थाल्दा हत्या भएको पुष्टि भएको थियो ।।