दाङ । कहिले एमाले त कहिले माओवादीमा प्रदेश गरेर उत्तारचडापको जीवन विताइरहेकी लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्री वलीले अन्तः माओवादी केन्द्र छोडेकी गरेकी छन् ।

वलीले माघ २४ गते नै माओवादी परित्याग गरेकी हुन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुनलाई राजीनामा बुझाएर वलीले माओवादी परित्याग गरेकी हुन् ।

लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेले पनि अन्त्यमा पार्टीले ‘युज एण्ड थ्रो’ गरेको गुनासो गरेकी छन् ।

दाङ ३ (ख) बाट निर्वाचित एमाले प्रदेशसभा सदस्य तथा खत्रीका श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उनी उपनिर्वाचनमार्फत प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । पछि सरकार निर्माणका क्रममा उनले माओवादी केन्द्रलाई साथ दिएर शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न भूमिका निर्वाह गरेकी तिइन् ।

त्यतिवेला उनले मुख्यमन्त्री शंकर पोख्रेललाई सरकार जोगाउन अपहरणशैलीमा आफूलाई बन्धक बनाएको भन्दै चर्चामा आएकी थिइन् । पछि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि उनी स्वास्थ्य राज्यमन्त्री समेत भएकी थिइन् ।