अभिषेक बोहरा /घोराही । सभ्यता पाठशालाको १० औं वार्षिकोत्सव विद्यालय सञ्चालक समितिका कार्यवाहक अध्यक्ष केशरमान बुढाथोकीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।साताव्यापी विविध खेलकुद र अतिरिक्ति क्रियाकलाप गरेको विद्यालयले शनिवार भव्य समारोहकाबीच विद्यालयको वार्षिकोत्सव मनाएको हो ।
कक्षा ५ सम्म अध्यापन हुने पाठशालामा विज्ञान तथा कला प्रदर्शनी गरिएको थियो । प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जानै विश्वास व्यक्त गरे । मञ्चमा पनि बालबालिकाकै भूमिका बढी थियो । कक्षा ३ का रीति पौडेल र कक्षा ४ का तेजस खनालले सहजीकरण गर्नुभयो । एकजनाले अंग्रेजी र अर्काले नेपालीबाट बोल्नुभएको थियो ।
लामो समय शिक्षक रहँदै विद्यालयलाई आजको स्थानसम्म ल्याउन महत्वपूर्ण योगदान पुर्याएकी पूर्व प्रिन्सिपल रञ्जना पछाई , शिक्षकको रुमा लामो समय सेवा पुर्याएकी मिनु डाँगी , कदरपत्रले सम्मान गरिएको थियो । यसैगरी पाँच वर्ष निरन्तर शिक्षण गर्नुभएका शिक्षक पूजा केसीलाई पनि सम्मान गरिएको थियो । साथै, कार्यक्रममा उनीहरुकौ योगदानको स्मरण तथा चर्चा गरिएकौ थियो ।
सम्मानित भएसँगै पूर्व प्रिन्सिपल रञ्जना पछाईले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिकौ चर्चा गर्दै आगामी दिनमा विद्यालयकौ अझ अब्बल बन्दै आफ्नो विशिष्ट पहिचान कायम राखोस् भन्ने शुभेच्छा व्यक्त गरैका थिए ।कार्यक्रममा अभिभावक, समाजसेवी, चन्दादाता, छात्रवृति कोष संस्थापक, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
बच्चाहरुले धामी झाँक्री, अस्पताल लगायत विभिन्न क्षेत्रका महत्वका बारेमा नाटक प्रदर्शन गरेका थिए । मगर, थारु, गुरुङ, बाहुन क्षेत्रीलगायत विभिन्न संस्कार संस्कृति झल्काउने कल्चरल नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका शिक्षक पुष्पा तामाङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्द, सञ्चालक समितिका कृष्णदेव थापा, अभिभावक पाण्डवप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रिन्सिपल चेतमान घर्तीले गर्नुभएको थियो ।