दाङ, २४ माघ । जिल्ला प्रहरी कार्यालय दाङले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा लुङग्री गाउँपालिका ६ गुम्चालका ४९ वर्षका कृतिमान बुढाथोकी रहेका छन् ।
उनले माघ २१ गते श्रीमती ४४ वर्षकी गोबिना बुढाथोकीलाई कुटपिट गरेर हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धान छ । तर बुढाथोकीले भने श्रीमतीमा एक्कासी मुटुको समस्या देखिएको र उपचारका लागि घोराही ल्याउदै गर्दा बाटोमा मृत्यु भएको माघ २२ गते दुईखोली प्रहरी चौकीमा खबर गरेका थिए ।
उनले यस्तो जानकारी दिएपनि घटनाको प्रकृति हेर्दा हत्या गरेको देखिएकाले नियन्त्रणमा लिइएको दाङ प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको दाङका प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले जनाएका छन् ।











