काठमाडौं । टर्की र सीरियाको सीमा केन्द्रविन्दु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ठूलो मानविय क्षति भएको छ । भूकम्पमा परी चार हजार मानिस मृत्यु भएको छ।

टर्कीमा २९ सय र सिरियामा ११ सय जनाको मृत्यु भएको टर्कीको सरकारी सञ्चारमाध्यमले जनाएको छ। सरकारी सञ्चारमाध्यम अनदलु न्यूजका अनुसार भूकम्पका कारण दुवै देशमा हजारौं घाइते भएका छन्।

टर्कीको गाजियान्टेप प्रान्तको नुरडागीबाट २३ किलोमिटर पूर्वी क्षेत्र केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का लेबनन, साइप्रस र इजरायलसम्म महसुस गरिएको थियो। टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले टर्कीमा मात्रै १३ हजार जना घाइते भएको जनाएका छन्। भूकम्पका कारण सिरियामा ३ हजार घाइते भएका छन्। घाइते मध्ये अधिकाशंको अवस्था गम्भीर रहेकोले छ । अध्याधिक चिसोका कारण उद्धार कठिनाइ भएको छ। एजेन्सी