काठमाडौं । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन्। दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्।

स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।

‘मृगौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराइरहेका कटवालको स्वस्थ्यमा थप समस्या देखिएपछि म‌गलबारदेखि आईसीयूमा छन् ।
कटवाल २०६३ भदौ २४ देखि प्रधानसेनापति भएका थिए। २०६६ साल वैशाख २० उनलाई प्रधानसेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भएको थियो।