पाल्पा, १८ माघ । पाल्पामा गरिब पहिचान भएका चार हजार ६३३ परिवारलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । पाल्पाका दश पालिकामा गरिब पहिचान भएकाहरुलाई परिचयपत्र वितरणको काम सुरु भएको हो ।
स्थानीय तहहरूले जनाएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त विपन्न परिवारको पहिचानपत्र वितरणको काम सुरु भएको बगनासकाली गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा प्राप्त ११३ परिवारको गरिब पहिचान परिचयपत्र घरमै पुगेर वितरणको काम सुरु गरिएको पालिकाकी अध्यक्ष सरस्वती चिदीले जानकारी दिएकी छन् ।

यस्तै, निस्दी गाउँपालिकामा ५०१, माथागढी गाउँपालिकामा ३३० परिवारलाई गरिव परिचयपत्र वितरण गर्न थालिएको छ। सरकारले अति गरिब, मध्यम् गरिव तथा सामान्य गरिब गरेर तीन प्रकारमा गरिवको बर्गीकरण गरेर पहिचानपत्र पठाएकाले त्यसलाई तत्कालै वितरण गर्न लागेको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकामा ६८७ परिवारको पहिचानपत्र वितरण गर्ने तयारीमा छ ।

पूर्वखोलामा २२७, रम्भामा ३१८, रिब्दीकोटमा २८७, रैनादेवी छहरामा ५३४ र तिनाउमा ५६१ परिवारले गरिव पहिचान परिचयपत्र पाउने छन् ।