गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी
काठमाडौं, १७ माघ । केही दिन अघि सर्वाेच्च अदालतले नागरिकता खारेज गरिदिएपछि मन्त्री, सांसद, पार्टी सभापति र संसदीय दलको नेता गरी चारवटा पद एकै पटक गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग पुनः गृहमन्त्री मागेका छन् ।
आज मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग माग गरेका हुन्। पुनः गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने समेत लामिछानेले चेतावनी दिएका छन्।
नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुनः नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुनः पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए। लामिछानेले गैरसांसदका रुपमा गृहमन्त्रालय माग्दै आएका छन् । तर प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन्। आज भएको भेटमा प्रधानमन्त्री दाहालले चित्त बुझदो जवाफ नर्दिपछि सभापति लामिछाने अब के गर्ने विषयमा पार्टीभित्र छलफलमा जुटेका छन् ।











