काठमाडौं,५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उमेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
बिहीबार संसद्बाट बाहिरिने क्रममा ओलीले राष्ट्रपति कांग्रेसलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारेका हुन् । ‘प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्नुभएको छ नि ? भन्ने प्रश्नमा ओलीले भने, ‘ठिक छ राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रपतिमा एमालेले उमेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।
ओलीले सरकारलाई विश्वासको मत दिएर पनि कांग्रेस सांसदहरूले अनावश्यक सत्ता गठबन्धनको विरोध गरेको पनि बताए ।एमालेको चाहिँ राष्ट्रपति उम्मेदवार को भन्ने सञ्चारकर्मीहरुको अर्को प्रश्नमा भने एमाले अध्यक्ष ओलीले पछि भनौंला भन्ने जवाफ दिएका छन् ।











