काठमाडौँ । माओवादी केन्द्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका सुदन किराती शपथलगत्तै पार्टी कार्यालय पेरिसडाँडामा पुगेका छन् ।
शपथलगत्तै उनी पार्टी कार्यालयमा रहेको सहिद स्तम्भमा सहिदलाई श्रद्धाञ्जली अर्पण गर्न पुगेका हुन् ।
आजै किरातीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । उनी पहिलो पटक संघीय सरकारमा मन्त्री बनेका हुन् ।











