तुलसीपुर ३० पुस । पर्यटन प्रवर्द्धनका लागि दाङको तुलसीपुरमा नेपाली रैथाने खाना कार्यक्रमको आयोजना गरिएको छ । तुलसीपुर होटेल व्यवसायी संघले निशुल्क रुपमा रैथाने खाना कार्यक्रम तथा माघी मिलन कार्यक्रमको

आयोजना गरेको हो ।रैथाने खाना कार्यक्रममा ढीक्री, लुसुनको अचार, खिचडी, कुखरा साँधेको, सुपमा खसीको खुट्टा, भेजामा सिन्की र भटमासको झोल, आलु भाङको अचार र मोहीको परिकार रहेको महासचिव तुफान केसीले जानकारी दिनुभयो ।

करिब ८ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रममा सबै खाना निशुल्क गरिने छ । कार्यक्रम तुलसीपुरकाे अरनिकाे मैदान नजिकै समीक्षालयमा ११ बजे उदघाटन गरिने छ ।