काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म आफूहरु प्रतिपक्षमै बस्ने बताइन् ।

प्रधानमन्त्री नियुक्तिका लागि प्रचण्डलाई समर्थन गरेपछि आफूहरु निरन्तर मतदाताको सम्पर्कमा रहेको भन्दै उनले मतदाताले सरकारमा नजान खबरदारी गरेको पनि बताइन् ।

‘मतदाताहरुले हामीलाई भनेका छन्, सम्पूर्ण कारागारमा रहेका थारु बन्दीको रिहा नभएसम्म मन्त्रालयको दैलो नटेक्नू’ अध्यक्ष श्रेष्ठले भनिन् ।