अभिषेक बोहरा /घोराही,  । दाङको घोराही-१८ मा रहेको माउन्ट भ्यू ईङ्लिस बाेर्डिङ स्कूलले आफ्नाे ३९ औं वार्षिक उत्सवकाे अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

May be an image of 9 people, people standing and outdoors

स्कूले आज  बिहान घोराहीको नवलपुर खेल मैदान र अम्विकेश्वरी मन्दिर परिसर सरसफाइ सम्पन्न गरेकाे हो । विद्यालयका प्रबन्ध निर्देशक अरुणकुमार शर्माका अनुसार वातावरण सन्तुलन कायम राख्न र सार्वजनिक स्थानलाई सफा राख्न सामाजिक चेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

May be an image of 8 people, people standing and outdoors

अम्बिकेश्वरी मन्दिर र नवलपुर खेलकुद मैदानको उपस्थितिमा विद्यालयका शिक्षक तथा विद्यार्थीले फोहोर बोरामा केन्द्रित गरेका थिए । तीन दिने कार्यक्रममा भेली खेलकुद र पर्सी रक्तदान कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

May be an image of 12 people, people standing and outdoors