काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने संकेत गरेको छ ।
संसद सचिवालयका अधिकारीहरुका अनुसार एकीकृत समाजवादीले प्रतिपक्षी बेन्चमा बस्ने जानकारी गराएको छ ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । सोमबारबाट सुरु हुने अधिवेशनमा एकीकृत समाजवादीले आफूहरुलाई प्रतिपक्षी बेन्चमा राखिदिन गरेको आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताउँछन् ।‘हामी सत्तामा छैनौँ, त्यसकारण सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा हामी प्रतिपक्षमै बस्छौं ।’