‘आर्थिक जागरण व सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्यायसहितके समृद्धि हमार योगदान’ भन्नेमूल नाराका साथ सुरु भएको उक्त महोत्सवमा थारु समुदायको पहिचाहन झल्किने खालका थुप्रै परम्परागत भेषभुषा, कला, संस्कृतिसहितको नृत्यहरु प्रस्तुत गरिएको थियो

May be an image of 1 person, standing and outdoors

 

 

यस्तै महोत्सवमा परिकार ढिक्री, घोङघी लगायतका परिकार विक्री वितरणका लागि राखिएको छ । महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङया, लगायका दर्जनौं नृत्यहरु मुख्य आर्कषणका रुपमा प्रस्तुती हुने आयोजकले जनाएको हो ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले माघ सांस्कृतिक महोत्सवको उद्घाटन गरेका हुन् । आज शुक्रबारदेखि सुरुभएको महोत्सव भोलिसम्म चल्ले आयोजकले जनाएको छ ।

May be an image of 6 people, people standing and outdoors

महोत्सवमा थारु समुदायले आ–आफ्नो पहिचाहनसहितको भेषभुषा झल्किने खालको पोषाक लगाएका थिए ।

थारु कल्याणकारिणी दाङका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण प्रकाश चौधरीले गरेका थिए ।

May be an image of one or more people, people standing, people walking and outdoors