काठमाडौँ । सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ।

साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।’

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।