प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको जटिलतालाई सुधार्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदबहाली पछि बोल्दै प्रधानमन्त्री प्रचण्डले गम्भीर ढंगले सुशासनतर्फ अघि बढ्ने बताएका हुन् ।

यस्तै उनले जनतालाई दुःख दिने काम नगर्ने पनि बताएका छन् । पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उनले त्यसलाई समयमै समाधान गर्ने बताए । यस्तै नव गठित मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको छ ।