नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएको टिप्पणी गरेका छन्।

बालकोटमा जुटेको सहमतिबारे कांग्रेसको धारणा सम्बन्धमा सोधिएको प्रश्नमा पौडेलले आज भने, ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो।’

नेता पौडेलले शनिबार खुमलटार पुगेर प्रचण्डलाई भेट गरेका थिए।उक्त भेटमा उनले गठबन्धन नभत्काउन प्रचण्डलाई आग्रह गरेका थिए। गठबन्धन बचाउनका लागि कांग्रेसले राष्ट्रपति लिएर आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन भनेका थिए।

बालकोटमा प्रचण्डलाई अढाई वर्ष सरकारको नेतृत्व दिने सहमति भएको बताइए पनि यसबारे औपचारिक रूपमा सार्वजनिक भएको छैन।