काठमाडौं : नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बालकोट पुगेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी नछाडेपछी प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका हुन्। देउवाले बालुवाटारमा बोलाएपनि उनी बालुटारतर्फ नगई बालकोट पुगेका हुन्।

बैठकमा देवगुरुङ, शंकर पोखरेल, नारायणकाजी श्रेष्ठ, विष्णु रिमाल सहभागी छन्।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। तर बैठकमा बैठक सहमति जुट्न नसकेपछि प्रचण्ड बालुवाटारबार बाहिरिएका हुन्। गठबन्धन तोडियो भनेर हिँडेका प्रचण्डलाई देउवाले अन्तिम प्रयासका लागि बालुवाटार बोलाएका थिए तर उनी बालकोट गएका हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्। तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन।

कांग्रेस र माओवादी दुवैले नेकपा एमालेलाई देखाएर वार्गेनिङ गर्दै गठबन्धन छाड्ने ‘धम्की’ दिँदै आएका छन्।  बैठकमा कुरा मिल्न नसकेपछि नयाँ रणनीति तय गर्न प्रचण्ड ओलीसँग संवाद गर्न पुगेका हुन्।