काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् ।

आज भएको कांग्रेस सांसदीय दलको नेताको चुनावमा पराजय भएपछि थापाले अब बन्ने सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पारेका हुन् ।

भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने महामन्त्री थापाले बताए । उनले अब सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको समेत बताए ।

संसदीय दलको चुनावमा देउवाले ६४ र थापाले २५ मत प्राप्त गरे । आफूले पाएको मत अपेक्षाभन्दा कम भएको थापाले प्रतिक्रिया दिएका छन् ।