अर्घाखाँची, २४ मंसिर । अर्घाखाँचीमा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गर्न पुगेका उनीहरु फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारका लागि थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।











