काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ । चुनावपछि पहिलोपटक बसेको बैठकले गठबन्धनलाई कायम राख्ने सहमति गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा बसेको बैठकले गठबन्धनलाई कायमै राख्ने गरि अघि बढ्ने निर्णय गरेको छ ।

निर्णयबारे गठबन्धनले आधिकारि रुपमा भने खुलाएको छैन । केहि बेरमा गठबन्धनका दलहरुले संयुक्त वक्तव्य निकाल्ने बताइएको छ ।