दाङ, ६ साउन
घोराही–१ सर्रास्थित शिवशक्ती युवा क्लवले सर्रामा बाल अस्पताल सञ्चालन गर्न माग गरेको छ । जग्गादाताले उमाशंकर नाथ बाल अस्पतालका लागि जग्गा दान गरी संरचना समेत बनिसकेको अबस्थामा अस्पताल बन्द हुनु दुखद भएको क्लवले जनाएको छ ।feature

क्लवको हालै सम्पन्न बैठकले बाल अस्पतालको ठाँउमा स्थानीयबासीसग समन्वय नै नगरी आवधिक बाल संरक्षण गृह सञ्चालन गर्न लागेकोमा आपत्ती प्रकट गरेको छ । उक्त भवनमा अस्पताल बाहेक अन्य कुनै पनि काम सञ्चालन नगर्न क्लवले माग गरेको छ ।

अस्पताल सञ्चालनका लागि पहल गर्न जिल्ला जनस्वास्थ्य कार्यालय र घोराही नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको क्लवका अध्यक्ष डम्बर डिसीले बताए । बैठकमा सर्रा टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद डाँगी, अम्वापुर टोलका जगत श्रेष्ठ, क्लवका सल्लाहकार सन्तोष रोका लगाएतको सहभागिता थियो ।।