काठमाडौं । सोमबार दिउँसो अचानक काठमाडौं महानगरको डोजर छिरेपछि आन्दोलित बनेको थापाथलीस्थित सुकुम्बासी बस्ती राति पनि जाग्राम बसिरहेको छ । रातको मौका छोपेर जुनसुकै बेला पनि बस्तीभित्र डोजर लिएर महानगर आइपुग्ने शंशयले बस्तीका मान्छेहरु प्रतिकार गर्ने पूर्ण तयारीका साथ बसिरहेका छन् । करिब १५ सयलाई खाना बनाइरहेका उनीहरु ज्यान गए जाओस्, तर बस्तीभित्र मुसो पनि छिर्न नदिने भनेर बस्तीका तीनै चोकमा ‘हाइ अलर्ट’ अवस्थामा छन् ।

छ । जहाँ एक कफिन राखिएको छ । कफिनमा काठमाडौं महानगरका मेयर बालेनन्द्र शाहको ब्ल्याक एण्ड ह्वाइट फोटो राखिएको छ । र फोटोमा जुत्ताको माला लगाइएको छ ।

यसबारे बस्तीका पूर्वअध्यक्ष चन्द्र बहादुर लामाले भने, ‘यो प्रतिकात्मक विरोध र विद्रोह हो । परिआएको खण्डमा बालेनमाथि जहाँ पनि आक्रमण हुन सक्छ ।’ आफूहरुले मेयर शाहलाई यस्तो अवस्थामा राख्नुपर्ला भनेर कहिल्यै नसोचेको बताउँछन् लामा । बरु युवाले महानगरको नेतृत्व गर्न आएपछि आफूहरुको समस्यामाथि गम्भीर बनिदिने अपेक्षा वस्तीका सबैले गरेका थिए ।

आफूहरुको सबै अपेक्षालाई कुल्चिँदै सडकमा पुर्याउने दुर्नियत बोकेर बालेनले डोजर पठाएपछि स्वयं बालेनसमेत अबका दिनमा सुरक्षित नरहेको जाग्राम बसिरहेका पदम बहादुर सिजापतिले धम्कीपूर्ण भाषामा हामीलाई बताए । राष्ट्रिय सुकुम्बासी मोर्चाको केन्द्रिय सल्लाहकार सिजापतिले भने, ‘प्राण जाला, तर बस्तीभित्र डोजर छिर्न दिने छैनौं । यदि छिरेमा हाम्रो लाशमाथि गुडेर मात्रै टहरा भत्काउने ठाउँमा पुनेछ डोजर । नत्र जे पनि गर्न हामी तयार छौं । यदि यसको समाधान खोज्ने हो भने राज्यले हामीसँग वार्ता गर्न तयार हुनुपर्छ । र हाम्रो समस्यालाई व्यवस्थित ढंगले सम्बोधन गरिनुपर्छ ।’

सोमबार दिउँसो महानगरले डोजर लिएर बस्तीअघि पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो । वर्षौंदेखि बस्दै आएका निहत्था नागरिकलाई डोजरको भरमा राज्यले पेल्न खोजेपछि उनीहरु हिंसात्मक आन्दोलनमा उत्रिन बाध्य भएका थिए । केटाकेटीदेखि युवा हुँदै वृद्धसम्म भाला, खुडा, खुकुरी, रड, लाठी, इँटालगायत हातहतियार लिएर प्रतिकारमा उत्रिएपछि महानगरले डोजर फिर्ता गर्न बाध्य भएको थियो ।