पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता गरेको आरोप लगाएका छन् ।
उनले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मत पेटिकामा मत हाल्नु पर्नेमा अर्कै मत पेटिकामा मत हालेको, मतपेटिकामा खसेको मत समेत गणना गर्दा नभेटिएको, मतपत्र नै गायब भएको, कतिपय ठाउँमा खसेको मतभन्दा सयौं मत बढी फेला परेको बताए ।
यी तथ्यले मतदानको प्रक्रियामा नै अनियमितता भएको पुष्टि गर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘ती मतपत्र कसरी गायब भए ? ती खसेको भन्दा बाकसम बढी मतपत्र कसरी भए ? निर्वाचन आयोगले जवाफ दिनु पर्छ ।’











