काठमाडौं, वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिने तयारी थालेको छ । साउनको अन्तीमसम्ममा काम गर्ने गरि अहिले सफ्टवयर निर्माणको काम भैरहेको विभागले जनाएको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिएर जाने कामदारले अनलाइन मार्फत नै स्वास्थ्य परिक्षणको रिपोर्ट, अभिमुखिकरण तालिमलगायत सबै कागजात बुझाउन सकिने र यसका लागि सम्बन्धीत निकायसँग लिंक गराउने काम भैरहेको छ ।
श्रम स्वीकृतिलाई व्यवस्थित र सरल बनाउन विभागले अनलाइनको तयारी गरेको जनाएको छ । अहिले भने विभागको ताहचाल कार्यालयमा घण्टौंसम्म लाइन लाग्नु पर्ने बाध्यता रहेको छ ।