काठमाडौँ — प्रतिनिधिसभाको निर्वाचनतर्फ गोरखा – २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९,१८४ मतले अगाडि छन् । निर्वाचन आयोगका अनुसार दाहाल १२ हजार ८४४ मत ल्याई अग्रस्थानमा छन् ।
दाहालका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी ३ हजार ६६० मतका साथ दोस्रो स्थानमा छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँको ३ हजार १३२ मत आएको छ ।











