काठमाडौं : डडेलधुराको प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर देउवाले आफ्ना प्रतिद्वन्द्वीसँग फराकिलो मतान्तर कायम गरेका छन्।

मतगणना जारी रहँदा देउवाले दुई हजार ९४८ मतान्तरले अगाडि छन्। १० हजार ३७८ मत गणना हुँदा उनले पाँच हजार ३८९ मत प्राप्त गरेका छन्।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार ५७१ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले एक हजार ५७१ मत प्राप्त गरेका छन्। ६५६ मत बदर भएको छ।