काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मा अवस्थित मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा झडप भएको छ । मत हाल्न पुगेकी एक महिलाको नाममा पहिले नै अरु कसैले मत हालेको पाइएपछि विवाद सिर्जना भएको थियो ।

विवादका क्रममा प्रहरीले सम्झाउन खोज्दा एक महिलाको टाउकोमा लट्ठीले लागेको थियो । त्यसपछि आक्रोशित बनेका स्थानीयले प्रहरीमाथि ढुंगामुडा गर्न थालेका थिए ।

स्थितिलाई नियन्त्रण्मा लिन प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको थियो ।