रुपन्देही :  रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले निर्वाचनले मुलुकको व्यवस्थालाई थप बलियो बनाउने बताएका छन्।

 

रुपन्देहीको तिलोत्तमा ९ स्थित श्री गौतमबुद्ध आदर्श शिशु सदन आधारभूत विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्दै भुसालले निर्वाचनले संविधान र संघीय गणतन्त्र लिकमा आएको भन्दै मुलुकको व्यवस्थालाई थप बलियो बनाउने बताए ।

उनले यसअघिको तुलनामा यसपटक शान्तिपूर्ण तवरले निर्वाचन भएको पाइएको उल्लेख गरे।

स्वतन्त्र उम्मेदवार भुसाललाई गठबन्धनको समर्थन छ ।