दार्चुला । दार्चुलाको गोकुलेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। गोकुलेश्वर पुलमा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरस्थित पुलमा बिहान २ बजे प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेका थियो।
‘प्रेसर कुकरमा माटो र सिसा हालिएको थियो, स्थानीयलाई त्रसित पार्ने उदेश्यले निर्वाचन बहिष्कार गर्ने समूहले त्यो राखेको हुन सक्ने बताईएको छ।











