नेकपा एमालेको चुनाव प्रचार प्रसारमा हिँडेको सवारीसाधन दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने अर्को एकजना घाइते भएका छन् ।

Open photo

धादिङको नौविसे पालुङ सडकखण्डमा एमालेको चुनाव प्रचार प्रसारमा हिँडेको बा २१ च ७४६१ नम्बरको गाडी सोमबार दिउँसो ४:३० बजे आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खोल्सामा खसेर दुर्घटनामा भएको हो ।

Open photo

उक्त गाडीमा सवार पाँच जनामध्ये दुईजना घाइते भएका थिए । घाइतेमध्ये मकवानपुरको थाहा नगरपालिका-१२ बस्ने बर्ष-५० को पलमान स्याङ्तान को उपचारको क्रममा काठमाडौंको ट्रमासेन्टरमा निधन भएको हो । दुर्घटनामा घाइते भएका मृतकको छोराको ट्रमा सेन्टरमै उपचार जारी रहेको धादिङ प्रहरी प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीले केटिएम दैनिकलाई बताए ।

डिएसपी खत्रीका अनुसार उक्त सवारीसाधनको चालक प्रहरी नियन्त्रणमा छन् ।

No description available.