चितवनमा जिल्लामा साउन यता डेंगु सङ्क्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका मानिसहरू रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

Open photo

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेंगुको संक्रमण देखिएको छ। संक्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन्। ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ।

Open photo

जिल्लामा सबैभन्दा बढी डेंगु रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ। जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताए। उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेंगु रोग देखिएको थियो।

यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगुको संक्रमण देखिएको थियो। कार्यालयका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेंगु रोगको संक्रमण देखिएको उनले बताए।

No description available.