नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता तथा पोलिटव्युरो सदस्य महेश बस्नेत राष्ट्र बचाउने, मुलुक बनाउने नेता भएको बताएका छन् ।

Open photo

नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आज बालकोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा नेता तथा पूर्वमन्त्री बस्नेत मुलुका संकट परेको समयमा जस्तोसुकै असहज परिस्थितीलाई समेत सहज रुपमा समाधान गर्न सक्ने एक डायनामिक लिडर भएको बताए ।

भक्तपुरको लागि मात्र नभई मुलुकको नै नेतृत्व युवा नेता बस्नेतले गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले मुलुकले खोजेको भक्तपुर क्षेत्र नं. २ का जनताले रोजेको नेता महेश बस्नेत भएको दाबी समेत गरे ।

उनले भने, ‘महेश बस्नेत सानै उमेरमा सफल मन्त्रीको रुपमा स्थापीत नेता हो । भक्तपुरको लागि मात्र नभई मुलुकै लागि आवश्यक युवा नेताको नाम पहिलो नम्बरमा महेश बस्नेतको आउँछ । मुलुकलाई संकट परेको बेलामा बचाउने र मुलुक बनाउने स्पष्ट भिजन भएको नेता महेश बस्नेत हो । माओवादी द्वन्द्वको समयमा भएको ज्यादतीको विरुद्धमा आफ्नो ज्यानलाई बाजी लगाउँदै जनता तथा मुलुक बचाउने अभियान चलाएको आम युवाले मात्र नभई सम्पूर्ण नेपाली जनताले सम्झेका छन् । त्यसैले अब महेश बस्नेत निर्वाचित भएपछि भक्तपुरमात्र बनाउने हैन, मुलुकको विकास र समृद्धिको नेतृत्व गर्र्ने क्षमतावान युवा नेता हो ।’

Open photo

भक्तपुर क्षेत्र नं. २ मा ७५ देखी ८० प्रतिशत जनताले महेश बस्नेतको लागि सूर्य चिन्हमा मतदान गर्नेमा विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले नेता बस्नेतले भक्तपुरमा गरेको विकास र आगामी दिनको योजनाबाट आम नेपाली जनता नै हर्सित भएको दावी समेत गरे ।

अध्यक्ष ओलीले भने, ‘आन्दोलनबाट खारिएर आएको महेश बस्नेतको लागि भक्तपुर क्षेत्र नं. २ का जनताले कमसेकम ७५-८० प्रतिशत भोट दिनेछन् । २०-२५ प्रतिशत त बहुदलीय व्यवस्था हो, अरुलाई जानुपर्छ । स्वतन्त्र उम्मेदवारले समेत महेश बस्नेत र एमालेलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिनुभएको छ ।यसबाट के बुझ्न सकिन्छ भने महेश बस्नेतलाई लौरोले हान्छु भन्नेहरु वास्तविकता बुझेपछि लौरोले टेको दिई साहारा बनेका छन् ।’

महेश बस्नेतको विरुद्धमा उम्मेदवारी दिने गठबन्धनका नेताहरु बाध्यताले मैदानमा उत्रिएको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले महेशसँग किन लड्ने भन्ने अवस्थामा पुगेको दावी गरे ।

महेशसँग हार्ने निश्चित भएपनि पार्टीको कारणले चुनावी मौदान छाड्न नमिलेको उल्लेख गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनमा महेश बस्नेतको छेउमा गठबन्धन फिक्का हुने बताए । आगामी निर्वाचन देशले जित्ने कि हार्ने भन्ने भएको उल्लेख गर्दै उनले लोभी, पापी, देशको पक्षमा उभिन नसक्नेहरु स्वार्थीहरुको मिलिजुली खाउँ, लुटपाट गरी खाउँ भन्नेहरुको गठजोडबाट देशलाई झमेलाको थलो बनाउनेहरुलाई विदाई गर्ने निर्वाचन भएको बताए ।

No description available.