काठमाडौँ । मन्त्री शेखरचन्द्र थापाको शोकमा प्रदेश १ मा भोलि (बिहीबार) सार्वजनिक विदा हुने भएको छ । प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको हो ।

प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री थापा गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थिए । उनको बुधबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय समेत गरेको छ । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार समेत थिए ।

निर्वाचन आयोगको निर्णय अनुसार थापाको क्षेत्रमा कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताएको छ । मतदान भने मंसिर ४ गते नै हुनेछ।