नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार शंकर पोखरेलले यसअघि रेल र पानीजहाजको विषय उठाउँदा एमालेको आलोचना गर्ने पार्टीका नेताहरुलाई घोषणापत्रमै रेलको चित्र छाप्नुपर्ने बाध्यता आइलागेको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पोखरेलले पहिले एमाले र नेता केपी ओलीलाई यही विषयमा उडाउनेहरु बाध्य भएर आफ्नो एजेण्डामा राख्ने अवस्थामा पुगेकाले एमालेले कसरी दीर्घकालीन योजना बनाउन सक्दोरहेछ भन्ने पुष्टि भएको बताए ।
‘हामीले रेलका योजना बनाउँदा, पानीजहाजका योजना बनाउँदा कागजका चित्र बनाएर मजाग गर्नेहरु अहिले आफ्नो घोषणापत्रमा यसलाई समेट्न बाध्य भएका छन्, शेरबहादुर र प्रचण्डलाई घोषणपत्रमा रेलको चित्र छाप्नुपर्ने बाध्यता आएको छ’ नेता पोखरेलले भने ।
‘रेलका कुरा, पानीजहाजका कुरा सुरुङका गर्दा एमालेको आलोचना गर्नेहरुलाई अहिले ५ वर्ष पहिले हामीले सुरु गरेका, हामीले कार्यान्वयनमा लगेका विषयमा बल्ल ध्यान केन्द्रीत भएको छ, अहिलेका शासकले नसोचेका कुराहरु एमालेले सुरुवात गरेर अरबौं रकम जोगाउन सकेका छौं, भविश्वमा यसलाई हामीले देशव्यापी बनाउने छौं’ पोखरेलले भने ।
नेता पोखरेलले निर्वाचन एमालेको बहुमत आउने दावी गर्दै स्वाधीन र स्वाभाविमानका पक्षमा एमाले दृण संकल्प नै मत माग्ने बलियो आधार भएको बताए । उनले मंसिर ४ गतेपछि देशमा एमालेको बहुमतको सरकार आउने र देशलाई स्थायित्व र समृद्धि दिने दावी गरे ।
‘











