काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् ।

यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो ।