काठमाडौँ । माल्टामा एक नेपाली महिलाको मृत्यु भएको छ । रोजगारीका लागि करिब १ महिना अगाडि माल्टा पुगेकी विनीता ढुंगेलको मृत्यु भएको हो ।इलामको सूर्योदय नगरपालिका-६, कन्यामकी ढुंगेलको उपचारको क्रममा माल्टाको सरकारी अस्पतालमा बिहीबार मृत्यु भएको हो । अस्पतालका अनुसार उनी डेंगुबाट ग्रसित बनेकी थिइन् ।
माल्टा पुगेको भोलिपल्टबाटै स्वास्थ्यमा समस्या देखिए पछि ढुंगेललाई अस्पताल भर्ना गरिएको थियो । माल्टाको स्थानीय बिमा नभएको कारण उनको करिब ३० हजार युरोको बिल आएको बताइएको छ ।
रोजगार दाता कम्पनी ओजो ग्रुपले घटनाप्रति दुःख व्यक्त गरेको छ । ढुंगेलले कम्पनीसँग कुनै पनि काम शुरु नगरेको भए पनि कम्पनीको तर्फबाट सहयोगका लागि तयार रहेको बताइएको छ ।
