इन्द्रेणी संवाददाता

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका बागी उम्मेदवार र तिनका प्रस्तावक–समर्थकलाई कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। दिइएको समयभित्र उम्मेदवारी फिर्ता नलिएकाहरूलाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका तथा तिनका प्रस्तावक र समर्थक रहेकाहरूलाई पाँच वर्षसम्मका लागि पार्टीबाट निष्कासन गरिएको जनाएका छन्।