इन्द्रेणी संवाददाता

बेला बेला बिभिन्न बहानामा चर्चामा आइरहने नेकपा एमालेकी नेत्री तथा निवर्तमान संसद दाङकी गंगा चौधरीले एमाले पार्टी परित्याग गरेकी छिन । नेत्री चौधरीले शुक्रबार आफ्नो फेसबुक वालमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे संगै नेकपा एमाले संगको उनको साइनो सकिएको हो ।

शुक्रबार आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै नेत्री चौधरीले भनेकी छिन -‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन, राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु । जनता भगवान हुन, जनता नै सर्वपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ ।’

दाङ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भन्दै उम्मेदवारी दाबी गर्दै आएकी चौधरीले आफुले टिकट नपाउने पक्कापक्की भएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको चौधरीनिकट स्रोतले जनाएको छ ।