दाङको बबई नदिको किनारमा नदीले बगाएर लिएका तीन जनाकाे शव फेला परेकाे छ । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ बबरपुरमा शव फेला परेकाे हाे ।
नचिनिने अवस्थामा शव रहेकाे तुलसीपुर उपमहानगरपालिका-१३ का वडा अध्यक्ष माेहन पाैडेलले जानकारी दिए
शव भेटिएको स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा पुगेका छन ।
 
नदिले बगाएको अवस्थामा शव भेटिएको हाे । कस्काे शव हाे र कहिले बगाएको हाे भन्ने बारेमा केही खुलेकाे छैन ।