इन्द्रेणी संवाददाता
दाङ, २६ भदौ । प्रतिनिधि सभाका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको दाअङ क्षेत्र नं. २ बाट सिफारिस भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि महराको नाम सिफारिस गरिएको माओवादी केन्द्र दाङले जनाएको छ ।
महरासहित क्षेत्र नं. २ बाट तीन जनाको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले स्थायी समिति सदस्य रेखा शर्मा र दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम पनि सिफारिस गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले बताए ।
संघीय निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा आज बसेको बैठकले प्रतिनिधिसभामा दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।











